काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको ‘हुंकार मधेश’ले संगठनका २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकेको छ। संगठनले पहिलो चरणमा विभिन्न विभागको नेतृत्व चयन गर्दै सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई जिम्मेवारी दिएको जनाएको छ।
असोज ९ गते औपचारिक घोषणा गरिएको अभियानले विभागीय प्रमुखका लागि कम्तीमा स्नातक उत्तीर्ण गरेको र सम्बन्धित विषयमा विज्ञता हासिल गरेको हुनुपर्ने प्रावधान राखेको थियो।
नवनियुक्त विभागीय प्रमुखहरूलाई सात दिनभित्र आफ्नो विभागको कार्ययोजना, कार्यविधि तथा सयदिने कार्यक्रमको प्रारम्भिक खाका तयार गरी पेस गर्न निर्देशन दिइएको छ।
यसैबीच, हुंकार मधेशले दसैँलगत्तै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सञ्चालन गर्ने तयारी गरेको छ। यात्रामार्फत संगठन विस्तार, जनसम्पर्क र मधेशका मुद्दालाई अघि बढाउने योजना रहेको जनाइएको छ।
हुंकार मधेशले जिम्मेवारी तोकेका २१ विभागीय प्रमुखको सूची यस्तो छ :
1. संवाद तथा समन्वय विभाग — रामकुमार कश्यप
2. प्रचारप्रसार तथा प्रकाशन विभाग — केशव कुमार
3. संगठन विभाग — कौशलेन्द्र कौशल
4. कानुन तथा न्याय विभाग — रत्नेश्वर सनातनी
5. आईटी तथा कार्यमूल्यांकन विभाग — रोशन कुमार
6. बौद्धिक तथा पेसाकर्मी विभाग — डा. एनएन भारद्वाज
7. आर्थिक विभाग — सचिदानन्द यादव
8. अनुशासन विभाग — राजाराम यादव
9. प्रशिक्षण तथा नीति अनुसन्धान विभाग — मनोहर मानव
10. सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग — कृष्ण कुमार
11. स्वयंसेवी सुरक्षा दस्ता विभाग — उमेश सिंह
12. युवा तथा विद्यार्थी विभाग — पंकज आनन्द
13. वैदेशिक रोजगार विभाग — मनिष कुमार
14. सूचना तथा सञ्चार विभाग — पुष्पा प्रिया
15. संघीय मामिला विभाग — मधुमाया यादव
16. शिक्षा तथा संस्कृति विभाग — इन्द्रजित साफी
17. उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग — सन्दीप त्रिपाठी
18. नागरिकता तथा भूमिहीन समस्या समाधान विभाग — अंगद यादव
19. कृषि विकास तथा अनुसन्धान विभाग — रामकिशुन नायक
20. विज्ञान तथा प्रविधि विभाग — प्रा. विजय महासेठ
21. सहिद तथा घाइते व्यवस्थापन विभाग — मो. युसुफ साफी
विभागीय प्रमुखहरूले पेस गर्ने कार्ययोजना र सयदिने कार्यक्रमको खाकाका आधारमा अभियानका आगामी गतिविधि अघि बढाइने जनाइएको छ।