540
Shares
काठमाडौं । जनताको दुःख–सुखमा साथ दिने उद्देश्यसहित वाइसीएल नेपालले सञ्चालन गर्दै आएको सामाजिक अभियानअन्तर्गत अस्थायी घरटहरा हस्तान्तरण गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी घरटहरा हस्तान्तरण गरेका हुन् । विपद् वा अन्य कारणले आवासको समस्या भोगिरहेका परिवारलाई अस्थायी आश्रय उपलब्ध गराउने उद्देश्यले घरटहरा निर्माण तथा हस्तान्तरण गरिएको जनाइएको छ ।
जनताको समस्या र आवश्यकतामा साथ दिनु सामाजिक तथा राजनीतिक संगठनको दायित्व भएको सन्देश यस अभियानले दिएको छ । यस्ता कार्यले प्रभावित परिवारलाई तत्काल आश्रय उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।