रामकुमार नेपाली राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा निर्वाचित

799 Shares

बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा लोकदोहोरी गायक रामकुमार नेपाली अत्यधिक मतका साथ विजयी भएका छन्।

प्रतिष्ठानको ९औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा नेपालीले केन्द्रीय सदस्य पदमा सफलता हासिल गरेका हुन्। उनको विजयसँगै लोक तथा दोहोरीगीत क्षेत्रका कलाकार तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका रामकुमार नेपाली नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए। दोहोरी साँझबाट आफ्नो सांगीतिक यात्रा अघि बढाएका उनी पछिल्लो समय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नेतृत्वमा समेत सक्रिय हुने अवसरमा पुगेका छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेपालीले लोक तथा दोहोरीगीत क्षेत्रको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका लागि काम गर्ने अपेक्षा गरिएको छ।

उनको विजयलाई लोक तथा दोहोरी संगीत क्षेत्रमा थप योगदान पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार