काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरको सुखद अन्त्य गरेका छन्। बेनिनलाई ३–० गोलले पराजित गरेको खेल मेस्सीको अर्जेन्टिनाका लागि अन्तिम खेल बन्यो।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ६१औँ मिनेटमा निको पाजले मेस्सीको पासमा गोल गर्दै अग्रता २–० बनाए।
७१औँ मिनेटमा प्राप्त पेनाल्टीमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको जित ३–० बनाए। यो उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोलसमेत बन्यो।
३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०८ खेलमा १२६ गोल गरेका छन्। २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा विश्वकपको उपाधि जितेका छन्।
आठपटक बालोन डी’ओर जितेका मेस्सीले २०२२ को विश्वकप अर्जेन्टिनालाई कप्तानी गर्दै जिताएका थिए। अन्तिम खेलमा गोल र दुई असिस्टसहितको प्रदर्शन गर्दै उनले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्।

