एमाले सांसदको प्रश्न– ‘बालेन सरकार कस्तो ?’, रास्वपा सांसदको जवाफ– ‘सबैलाई सुन्ने र थुन्ने सरकार’

218 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सवाल–जवाफ भएको छ।

बैठकमा नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले ‘बालेन सरकार कस्तो सरकार हो ?’ भन्दै प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले व्यंग्यात्मक शैलीमा ‘सबैलाई सुन्ने र थुन्ने सरकार’ भएको टिप्पणी गरेका छन्।

राजवंशीको भनाइपछि संसद् बैठकमा सरकारको कार्यशैली, नागरिकका आवाज सुन्ने विषय तथा सरकारले लिएका कदमबारे राजनीतिक बहस थप चर्किएको थियो।

यसअघि पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह नेतृत्वको सरकारमाथि संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने तथा सरकारको कार्यशैली पारदर्शी बनाउनुपर्ने विषय उठाउँदै आएका छन्।

सरकारको कार्यशैलीबारे सत्तापक्ष र विपक्षी सांसदहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला एमाले सांसदको प्रश्न र रास्वपा सांसदको उक्त जवाफले प्रतिनिधिसभामा राजनीतिक तिक्तता र आरोप–प्रत्यारोपलाई थप सतहमा ल्याएको छ।

 
 
 
सम्बन्धित समाचार