YN Model
 
YN Celebrity
 
Artist in Focus
 
Young Achiever
 
Youth's Voice
 
Entertainment Zone
 
Article
 
IT News
 
With Sanket
 
New Brand
 
Nation's Pride
 
My Nepal
 
Health & Sex
 
Movie Gallery
 
Institutional Profile
 
Cyber Pooja
 
Removal Tool
 
Fit and Fare
 
Horoscope
 
Guest Book
 
Forum
 
World Heritage Sites Of Nepal
 
Pashupati Nath
 
Patan Durbar Square
 
Lumbini
 
Kathmandu Durbar Square
 
 
 
 
 
 
 
 
  Home | Profile | About Us | Email | Feedback | Contact | Refer This Page
हिलै र लाग्यो धुलै र लाग्यो कुसुमे सारीमा
हलीको टाउको मुसाले लग्यो खुर्सानी बारीमा
हलै र भाँच्यो जुवै र भाँच्यो खुर्खुरो ढाँडले
साउनमास सुत्केरी भै छ के खान्छे राँडले ।

समय तरवारको धारमा हात्ती भएर हिंड्नु र सियोको नाथ्रीबाट निस्कनुको हाराहारीमा बित्दैछ । जब मान्छेको मृत्यु गन्तीमा पर्न छोड्छ भने त्यो ठाउँमा भविष्य र सम्भावना बाहेक केही बाँकी रहँदैन । आज प्रश्नक सघनरुपमा उठेको छ - माछा, मासु, जाँड, रक्सी जस्ता जीवनका प्रिय पदार्थ छोड्न सक्ने मान्छेले किन अभिमान छोड्न सक्दैन ?

संचार जगत भन्छ - लेखेर के हुन्छ ?
राजनीतिको अनुभव छ - प्रजातन्त्र नरहे देश रहँदैन ।
अनि सर्वत्र आक्रोश छ - चुतिया नेताहरुले
देशलाई "केक" बनाए ।

समस्या सँगसँगै समाधान पनि हुन्छ । अर्काको टाउकोमा दोषको भुत्भुते खन्याएर समस्या किनार लाग्दैन । आफ्नो कलामा विश्वास नहुने के कलाकार ? आफ्नो कलमको मसी जोखन नसक्ने पत्रकार के पत्रकार ? परिवर्तन भनेको लुगा हैन, संस्कार हो । यदि सम्पूर्ण धर्तीलाई सफा राखनुछ भने सबभन्दा पहिले आफ्नो आँगनमा कुचो लगाउनुपर्छ । असल विचार देश विकासको भरपर्दो आधार हो । संसारलाई एकपल्ट चिहाउनुस् त - हेलन किलर लाटी, बहिरी र अन्धी थिइन तर उनैले व्रेल लिपीको आविष्कार गरिन् । १७ वटा विश्व विद्यालयले उनलाई पी.एच.डी.को उपाधि दिए । थोमस एल्वा एडिसनले विजुलीको आविष्कार गरे तर उनी बहिरा थिए । कर्मभूमिमा नलडी किताबमा भएको ज्ञान र अर्काको हातमा भएको सम्पत्ति समान हो । आफूभित्र मानवता भएको मान्छे वास्तविक चन्दन हो । जसलाई काटे पनि, भाँचे पनि वा जलाए पनि सुगन्ध दिइनै रहन्छ । दुष्ट चरित्र फूट गराउने कैंची हो भने मानवता फूटलाई मिलाउने सियो हो । मान्छे सम्पत्तिप्रति समर्पित भएपनि पाँच हातको बाँस नै जीवनको अन्तिम सत्य हो । सम्पत्तिमा जीवनको विम्ब देखनेहरुप्रति एउटा नीति कथा -

एउटा कञ्जुसले सम्पूर्ण जीवन गुमाएर थुप्रै सम्पत्ति जम्मा गर्‍यो । सम्पत्ति जम्मा गरेपछि अन्ततः आनन्दको जीवन विचाउने अभिलाषा उसको थियो । जुन दिन उसले भोलिदेखि आनन्दसँग जीवन बाँच्ने अभिप्रायले काम बन्द गर्ने निर्णय गर्‍यो, त्यही दिन काल उसको ढोका ढक्ढक्याउन आइपुग्यो । कञ्जुसले धेरै नभएपनि केवल भोलि दिनभरिसम्म बचाइ दिनका लागि कालसँग रोइकराई लाखौं विन्ती गर्‍यो । तर कालले सुन्दै सुनेन । अन्तिममा कुनैउपाय नभेटेपछि आफ्नो भएभरको सम्पत्ति काललाई सुम्पिदै उसले भन्यो - "यही नै मेरो सारा जीवन हो । मलाई एक दिन बाँच्न दिनुस् ।" यो कुरा पनि मृत्युका लागि मान्य भएन । कञ्जुसले फेरि पुकारा गर्दै भन्यो - "मलाई त्यति समय दिनुस कि एउटा सन्देश लेखन सकौं । जो मेरो जस्तै वर्तमान भोग्न बाध्य छन् । मलाई जस्तै तिनीहरुलाई पनि जीवनको सत्य ज्ञात होस् ।" कालले भन्यो - "तिमी यो काम अवश्य गर्न सक्छौ किनकी तिम्रो सन्देश कसैले पढ्दैन । पढ्नेले सम्झिदैन ।" आखिर कञ्जुसले लेखेरै छाड्यो - "जीवन अमूल्य छ । साँच्चै एक एक पल अमूल्य छ । जीवनको सम्पूर्ण कमाई जिम्मा लगाएपनि एकघण्टा किन्न सकिंदैन । त्यसैले जीवन भोलिका लागि साँच्नु हुँदैन ।"

जीवनको यही सारतत्त्व हाम्रो मार्ग दर्शन हो । यथार्थ नबुझ्ने हो भने थाल सुग्घर भएर केही फरक पर्दैन, माटो फोहोर छ भने ।

Please send us your feedback regarding With Sanket section.We will try to upgrade this section as per your suggestions : YouthNepal team.
Feedback Form
 Name
 Email
 Address
 Feedback
 
   © 2006-2007 www.youthnepal.com   Privacy Policy & Terms and Conditions | Team Spirit & Media Partners | FAQ