हिलै
र लाग्यो धुलै र लाग्यो कुसुमे सारीमा
हलीको टाउको मुसाले लग्यो खुर्सानी बारीमा
हलै र भाँच्यो जुवै र भाँच्यो खुर्खुरो ढाँडले
साउनमास सुत्केरी भै छ के खान्छे राँडले ।
समय तरवारको धारमा हात्ती भएर
हिंड्नु र सियोको नाथ्रीबाट निस्कनुको हाराहारीमा
बित्दैछ । जब मान्छेको मृत्यु गन्तीमा पर्न छोड्छ
भने त्यो ठाउँमा भविष्य र सम्भावना बाहेक केही
बाँकी रहँदैन । आज प्रश्नक सघनरुपमा उठेको छ -
माछा, मासु, जाँड, रक्सी जस्ता जीवनका प्रिय पदार्थ
छोड्न सक्ने मान्छेले किन अभिमान छोड्न सक्दैन
?
संचार जगत भन्छ - लेखेर के हुन्छ
?
राजनीतिको अनुभव छ - प्रजातन्त्र नरहे देश रहँदैन
।
अनि सर्वत्र आक्रोश छ - चुतिया नेताहरुले
देशलाई "केक" बनाए ।
समस्या सँगसँगै समाधान पनि हुन्छ
। अर्काको टाउकोमा दोषको भुत्भुते खन्याएर समस्या
किनार लाग्दैन । आफ्नो कलामा विश्वास नहुने के
कलाकार ? आफ्नो कलमको मसी जोखन नसक्ने पत्रकार
के पत्रकार ? परिवर्तन भनेको लुगा हैन, संस्कार
हो । यदि सम्पूर्ण धर्तीलाई सफा राखनुछ भने सबभन्दा
पहिले आफ्नो आँगनमा कुचो लगाउनुपर्छ । असल विचार
देश विकासको भरपर्दो आधार हो । संसारलाई एकपल्ट
चिहाउनुस् त - हेलन किलर लाटी, बहिरी र अन्धी
थिइन तर उनैले व्रेल लिपीको आविष्कार गरिन् ।
१७ वटा विश्व विद्यालयले उनलाई पी.एच.डी.को उपाधि
दिए । थोमस एल्वा एडिसनले विजुलीको आविष्कार गरे
तर उनी बहिरा थिए । कर्मभूमिमा नलडी किताबमा भएको
ज्ञान र अर्काको हातमा भएको सम्पत्ति समान हो
। आफूभित्र मानवता भएको मान्छे वास्तविक चन्दन
हो । जसलाई काटे पनि, भाँचे पनि वा जलाए पनि सुगन्ध
दिइनै रहन्छ । दुष्ट चरित्र फूट गराउने कैंची
हो भने मानवता फूटलाई मिलाउने सियो हो । मान्छे
सम्पत्तिप्रति समर्पित भएपनि पाँच हातको बाँस
नै जीवनको अन्तिम सत्य हो । सम्पत्तिमा जीवनको
विम्ब देखनेहरुप्रति एउटा नीति कथा -
एउटा कञ्जुसले सम्पूर्ण जीवन
गुमाएर थुप्रै सम्पत्ति जम्मा गर्यो । सम्पत्ति
जम्मा गरेपछि अन्ततः आनन्दको जीवन विचाउने अभिलाषा
उसको थियो । जुन दिन उसले भोलिदेखि आनन्दसँग जीवन
बाँच्ने अभिप्रायले काम बन्द गर्ने निर्णय गर्यो,
त्यही दिन काल उसको ढोका ढक्ढक्याउन आइपुग्यो
। कञ्जुसले धेरै नभएपनि केवल भोलि दिनभरिसम्म
बचाइ दिनका लागि कालसँग रोइकराई लाखौं विन्ती
गर्यो । तर कालले सुन्दै सुनेन । अन्तिममा कुनैउपाय
नभेटेपछि आफ्नो भएभरको सम्पत्ति काललाई सुम्पिदै
उसले भन्यो - "यही नै मेरो सारा जीवन हो
। मलाई एक दिन बाँच्न दिनुस् ।" यो कुरा
पनि मृत्युका लागि मान्य भएन । कञ्जुसले फेरि
पुकारा गर्दै भन्यो - "मलाई त्यति समय दिनुस
कि एउटा सन्देश लेखन सकौं । जो मेरो जस्तै वर्तमान
भोग्न बाध्य छन् । मलाई जस्तै तिनीहरुलाई पनि
जीवनको सत्य ज्ञात होस् ।" कालले भन्यो -
"तिमी यो काम अवश्य गर्न सक्छौ किनकी तिम्रो
सन्देश कसैले पढ्दैन । पढ्नेले सम्झिदैन ।"
आखिर कञ्जुसले लेखेरै छाड्यो - "जीवन अमूल्य
छ । साँच्चै एक एक पल अमूल्य छ । जीवनको सम्पूर्ण
कमाई जिम्मा लगाएपनि एकघण्टा किन्न सकिंदैन ।
त्यसैले जीवन भोलिका लागि साँच्नु हुँदैन ।"
जीवनको यही सारतत्त्व हाम्रो
मार्ग दर्शन हो । यथार्थ नबुझ्ने हो भने थाल सुग्घर
भएर केही फरक पर्दैन, माटो फोहोर छ भने ।