तपाईंका समर्थकहरू अवश्य पनि बढ्नेछन् । कर्तव्यपरायण हुनुहोस्, नाम, दाम र इनाम हातपार्ने मौका छ ।
तुला
अस्वस्थता महसुस होला । मनमा डर वा पीर लागिरहनेछ । साथीभाइमा मनमोटाव बढ्ला, सचेत रहनुहोस् ।
वृष
सजिलै अरुको समर्थन पाइएला । मनपर्ने वस्त्र लाभ होला । काममा जुट्नुहोस्, थोरै श्रमले धेरै फाइदा हुनेछ ।
वृश्चिक
प्रियजनको सहयोगले ठूलो मद्दत पुग्नेछ । हिम्मतले काम लिनुहोस्, व्यावसायिक पक्षमा उन्नति हुने दिन छ ।
मिथुन
अनावश्यक खर्च बढ्ला । जरिवाना संभावित छ, काममा होश पुर्याउनुहोस् । विदेशी मित्रबाट सहयोग मिल्नेछ ।
धनु
शत्रुहरूलाई किनारा लाउने समय छ, सतर्कतापूर्वक जुट्नुहोस्, फसेको लगानीसमेत उठ्ने समय छ ।
कर्कट
आकस्मिक लाभ संभावित छ । आयस्रोत बढाउने उपायबारे सोच्ने बेला छ, विगतको लगानीबाट फाइदा होला ।
मकर
नयाँ आशाहरू पलाउनेछन् । तपाईंको संकल्प दृढ बन्दै जानेछ । बौद्धिक पक्षमा अवश्यै उन्नति हुनेछ ।
सिंह
आँटेको काम बन्ला । लगनशील हुनुहोस्, भाग्यको ढोका खुल्ने समय छ । नाम, दाम वा इनाम हातलाग्ला ।
कुम्भ
अरुको भर पर्ने समय छैन । तपाईंको अदूरदर्शी सोचाइले काम रोकिएला । आमाको सल्लाह मननीय हुनेछ ।
कन्या
धार्मिक कृत्यहरूमा मन जाला । ईष्र्या गर्नेहरूलाई काम गरेर देखाउने समय आएको छ, हिम्मत कस्नुहोस् ।
मीन
ख्यालख्यालमा गरेको काम बन्नेछ । थप काम गर्न उत्साह बढ्नेछ । परिवारसुख र आरोग्य प्राप्ति हुनेछ ।
आजको
राशिफल जनवरी २७
मेष
बोलीको भरमा काम बन्ने समय छ । अरुको मन जित्ने प्रयास गर्नुहोस् । नाम र दाम हातपार्ने मौका छ ।
तुला
स्वास्थ्य जोखिममा रहनेछ । डर एवं चिन्तासमेत बढ्ने भएकोले सहृदयी मित्रको सल्लाहमा रहनुहोस् ।
वृष
दिन रमाइलो रहला । आफन्त भेट्ने मौका आउला, रुचिकर खानपानका साथ आतिथ्यपूर्ण सत्कार पाइएला ।
वृश्चिक
आजको दिन निकै रमाइलो रहनेछ । प्रियजनबाट सल्लाह लिनुहोस्, व्यावसायिक काममा सहयोग मिल्नेछ ।
मिथुन
अनावश्यक ठाउँमा चासो लिंदा व्यर्थको झमेला आइलाग्नेछ । खर्च बढ्नेछ । वैदेशिक कामहरू भने बन्नेछन् ।
धनु
आलस्य त्याग्नुहोस्, तपाईंको सक्रियताले मात्र काम बन्नेछन् । फसेको लगानी उठाउने समय छ ।
कर्कट
दिन लाभप्रद रहला । कर्मयोगको फल पाउने बेला छ । क्रियाशील हुनुहोस्, आम्दानीका स्रोत बढ्नेछन् ।
मकर
आशा गरेअनुरूप परिणाम प्राप्त हुनेछ । बौद्धिक पक्षमा उन्नति होला । सन्तान वा अनुयायीको सहयोग लाभकारी हुनेछ ।
सिंह
नेतृत्व गर्ने सुनौलो मौका छ, कर्मयोगमा जुट्नुहोस् । तपाईंको विचारलाई सबैले कदर गर्नेछन् ।
कुम्भ
द्विविधा बढ्नाले निर्णय लिन अप्ठ्यारो पर्नेछ । विश्वासपात्रले समेत उल्टो सल्लाह दिनेछन्, सचेत हुनुहोस् ।
कन्या
धार्मिक विश्वास बढ्नेछ । ईष्र्या गर्नेहरूलाई काम गरेर देखाउने बेला छ । परिणाममुखी कामको थालनी हुनेछ ।
मीन
सानो प्रयासले पनि ठूलै काम बन्ने समय छ । द्वन्द्वमा विजय, नयाँ आभूषण, वस्त्र आदि हातलाग्लान् ।
मासिक राशिफल जनवरी
२००७
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो,
अ
सुरुमा केही अवरोधहरुको सामना गर्नुपर्नेछ
। चोटपटक लाग्ने, अस्वस्थता, सञ्चित
रकम खर्च हुने, प्रेममा उतारचढाव,
कर्मयोगमा बाधा, आम्दानीमा कमी जस्ता
समस्या आउलान् । तर, दोस्रो सातापछि
स्थिति सुध्रनेछ । परिवारजनको सहयोगले
रोकिएका कामहरु बन्नेछन् । व्यापार
बढ्नाले आर्थिक स्थिति सबल बन्ला
। प्रेममा विश्वास बढ्नेछ । पठनपाठन
परिणाममुखी बन्नेछ । सकारात्मक सोचाइका
साथ तपाईं हिम्मत गर्नुहोस्, समयले
अवश्य नै उन्नति दिलाउनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
धेरै कार्यहरु सिद्ध गर्ने समय छ
। प्रेमसम्बन्ध अत्यन्त लाभकारी होला
। घर-परिवारमा प्रशन्नता छाउला ।
आय-आर्जन यथेष्ट हुनेछ । स्वास्थ्यमा
भने अलि विचार पुर्याउनुपर्ला ।
उत्तरार्द्धमा चोटपटकको संभावना छ,
सवारी तथा हतियारको प्रयोग सावधानीपूर्वक
गर्नुहोला । अपमान र झगडाबाट मुक्त
रहन प्रयत्नरत रहनुहोस् । पछिल्ला
दिनमा विचार दुषित बन्ने, काम रोकिने
र आर्थिक अभाव बढ्ने संभावना छ ।
धैर्यपूर्वक विपरीतलिङ्गीको सहयोग
लिनुहोस्, निकास पाउनुहुनेछ ।
मिथुन
का, कि, कु घ, ङ, छ, के, को, हा
महिना उन्नतिप्रद रहला । तपाईंको
हिम्मतले ठूला कामहरु सिद्ध हुनेछन्
। प्रतिष्पर्धी तथा शत्रुहरू विस्थापित
होलान् । पढाइ र व्यापार-व्यवसायमा
द्रुततर अभिवृद्धि हुनेछ । जीवनसाथी
वा प्रेमीको सहयोगले तपाईंमा थप हौसला
र सफलता मिल्नेछ । तर, विवेकशील हुनुहोस्,
अन्यथा तपाईंको अभिमानले प्रियजनको
आत्मसम्मानमा चोट पुग्न सक्छ । घर-परिवारमा
मांगलिक कृत्यहरू सम्पन्न हुनेछन्
। लाभप्रद यात्रा, उन्नति र खुसीयालीमा
महिना टुंगिनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे,
डो
सुरुमा गलत विचार बढ्ला । अस्वाभाविक
प्रेमसम्बन्ध र गलत निर्णयले आलोचनाको
सिकार भइएला । तापनि, तपाईंको कर्मयोगले
पद-प्रतिष्ठा प्राप्त हुनेछ । शत्रुको
निशानाबाट बचाउ हुनेछ । बीचमा व्यापारमा
केही मन्दी आए तापनि उत्तरार्द्ध
विशेष लाभप्रद देखिन्छ । पठनपाठनमा
प्रगति होला । यात्रा लाभकारी बन्नेछ
। नयाँ कामको थालनी होला । जीवनसाथीको
सहयोग र तपाईंको पराक्रमले ठूलै काम
बन्नेछ । कर्तव्यपरायण हुनुहोस्,
समयले साथ दिनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु,
टे
सुरुको समय प्रतिकूल रहेकाले स्वास्थ्यमा
विशेष ध्यान पुर्याउनुपर्ला । काममा
शत्रुबाधा, मानहानि, अपयश, परिवारजनमा
मनमुटाव, बन्धुजनबाट पीडालगायतका
समस्या समेत आउलान् । तर, मान्यजनको
परामर्श र सहयोग लिएमा उत्तरार्द्धको
समय अनुकूल बन्नेछ । स्वास्थ्यमा
सुधार आउला र उन्नतिका बाटाहरू पनि
खुल्लान् । व्यापार-व्यवसाय र पठनपाठनमा
प्रगति हातलाग्नेछ । प्रेमका नाममा
धोका पाइएला, शत्रु र विपरीतलिङ्गीबाट
टाढै रहनुहोला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
रचनात्मक कार्यमा मन जानेछ । इच्छाशक्ति
बढेर जाला । सन्तान तथा सेवकको सहयोगले
नयाँ कामको थालनी हुनेछ । गुरुकृपा
एवं साहसपूर्ण कार्यबाट प्रशस्त धनलाभ
हुनेछ । कुटुम्बहरू नजिकिनेछन् ।
प्रेममा भने वियोग हुनेछ । परिवारजनमा
समेत विमति होला । उत्तरार्द्धमा
शत्रुबाट पीडित बन्नुपर्नेछ । स्वास्थ्य
बिग्रनाले काम रोकिएला । आफन्तसँगको
व्यवहारमा संयम रहनुहोस्, सानो अभिमानले
ठूलो जोखिम निम्त्याउन सक्छ, मानहानि
समेत संभावित छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु,
ते
यस महिनामा उचित स्थान प्राप्त हुनेछ
। मित्र तथा आफन्तको सहयोगबाट मनग्य
आयआर्जनका अवसर आउनेछन् । सरकारी
पक्षबाट भने केही झमेला आउन सक्छन्
। अरुको विश्वास जित्न पुरानो गल्ती
महसुस गर्नुपर्ला । व्यवसाय र पठनपाठनमा
निकै नै उन्नति हुनेछ । नयाँ काममा
जिज्ञासा बढ्नेछ । गुरुजनको सहयोगले
काममा सोचेको सफलता मिल्ला । आत्मबल
समेत बढ्नेछ । मित्रता र प्रेमको
गाँठो कसिएला । उत्तरार्द्धमा भने
प्रेमीहरुको वियोग हुने देखिन्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि,
यु
महिनाको पूर्वार्द्धमा अभावको महसुस
हुनेछ । उच्च रक्तचाप, नेत्रपीडा,
चोटपटक, शत्रुबाधा, असफलता, क्रोध,
चोरी, ठगीजस्ता समस्या आउनाले मन
खिन्न रहला । नोकरी तथा व्यवसायमा
स्थानान्तरणको संभावना छ । सानो गल्तीले
गर्दा साथीभाइ तथा आफन्तबीच लज्जित
बन्नुपर्ला । तापनि, निराश नहुनुहोस्,
व्यवसायमा आम्दानीको कमी हुनेछैन
। मित्र, प्रेमी वा विपरीतलिङ्गीहरुबाट
धनागमन र शत्रुदमनका लागि यथेष्ट
सहयोग मिल्ला । मासान्त लाभप्रद रहनेछ
।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा,
भे
गलत सोचाइ बढ्नाले तपाईंको कर्मगति
विकृत बन्न सक्छ । निकै होशियारीपूर्वक
निर्णय लिनुपर्ने बेला छ । विश्वासपात्रबाट
धोका, प्रेममा अविश्वास, विद्रोह,
क्रोध, पारिवारिक कलह, आर्थिक हानिजस्ता
समस्याहरू आउलान् । मानहानिको समेत
संभावना छ, बोलीचालीमा होश पुर्याउनुहोस्
। आफन्तको भर नपर्नुहोस् । व्यापार-व्यवसायको
मन्दी हटाउन र संकटबाट मुक्तिको लागि
विपरीतलिङ्गीहरूको सहयोग प्रभावकारी
रहला । नोकरी र घरपरिवारबाट सन्तोष
मिल्नेछ ।
यस महिनामा तपाईंका सेवामूलक कार्यहरू
सफल बन्लान् । सिर्जनात्मक काममा
आन्तरिक ऊर्जा थपिनेछ । हिम्मतका
साथ गरिएका कार्यहरूबाट आयआर्जन हुनेछ
। व्यापार-व्यवसायमा भने सोचेअनुकूल
प्रगति नहोला । आर्थिक पक्ष कमजोर
नै रहला । विपरीतलिङ्गीहरूप्रति आकर्षण
बढ्ला । प्रेमसम्बन्ध सुमधुर बन्ला,
लाभप्रद रहला तर महिनाको उत्तरार्द्धमा
विवाद बढ्ने देखिन्छ । पठनपाठनमा
पनि अवरोध आउला । शत्रुहरुबाट अपमान
सहनुपर्ला । स्वास्थ्यस्थितिसमेत
बिग्रने देखिन्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो,
दा यस महिनामा पद, प्रतिष्ठा र स्थान
लाभ हुनेछ । प्रतिष्पर्धामा विजयी
भइएला । विविध उपभोग्य सामानहरू लाभ
होलान् । शक्ति प्राप्त हुनेछ । महत्त्वपूर्ण
यात्राहरू संभावित छन् । प्रतिनिधिमूलक
भूमिका निर्वाह गर्ने मौका आउला ।
शत्रुहरु विस्थापित हुनेछन् । आम्दानी
बढ्नेछ । नयाँ कामको थालनी होला ।
घर-परिवारमा सुखसमृद्धि थपिएला ।
प्रेमको बन्धन कसिनेछ । तर, महिनाको
उत्तरार्द्ध त्यति अनुकूल छैन । विरोधीहरूले
छिद्र खोतल्नेछन् । स्वास्थ्य समेत
बिग्रनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
महिना निकै उत्साहप्रद रहनेछ । आफ्नो
क्षेत्रको प्रतिनिधित्व हातलाग्ने
समय छ । नयाँ कार्यहरूको थालनी हुनेछ
। प्रशंसकहरु बढ्नेछन् । पद, प्रतिष्ठा
र स्थान लाभ होला । शत्रुहरु विस्थापित
होलान् । विद्यामा प्रगति हुनेछ ।
व्यापारमा विस्तार र नोकरीमा पदोन्नति
हुनेछ । विपरीतलिङ्गीहरुप्रति आकर्षण
बढ्नेछ । प्रेम र मित्रताको बन्धन
कसिनेछ । स्वास्थ्यमा सुधार आउला
। वाहन तथा विभिन्न उपभोग्य सामग्रीहरुको
लाभ हुनेछ । परिवारजनबाट सन्तोष मिल्ला
।
Please
send us your feedback regarding Horoscope section. We
will try to upgrade this section as per your suggestions
: YouthNepal team.
ैनिक राशिफल चन्द्रमाको गतिको आधारमा तयार पारिएको
हो । चन्द्रमालाई एउटा राशि पार गर्न लगभग सवा दुई दिनको समय लाग्दछ
। वैदिक दर्शनमा चन्द्रमा मनको संवाहक मानिएको छ । यसर्थ राशिफलले
व्यक्तिको सम्पूर्ण दैनिकीमा नभई उसको मानसिकतामा मात्र प्रभाव पार्दछ
। संसारभर चन्द्रमाको राशि परिवर्तन एउटै समयमा हुने गर्दछ । तर, त्यो
समयमा विभिन्न मुलुकमा प्रचलित हाते घडीको समय र दिन समेत फरक पर्न
सक्तछ । यसै कारणले संसारभरको मानक समयबिन्दु मानिएको लण्डनको ग्रिनविचलाई
आधार मानेर यो राशिफल तयार पारिएको छ । यसर्थ सोही स्थानको मानक समयको
आधारमा आफ्नो मुलुकको समय परिवर्तन गरी राशिफल हेर्नुहुन समग्र पाठकवर्गमा
अनुरोध गरिन्छ ।