स्वास्थ्यस्थिति ठीक नरहला । सचेत हुनुहोस्, महत्त्वपूर्ण सामान हराउने एवं डर-चिन्तासमेत बढ्ने समय छ ।
तुला
रुचिकर खानपान, वस्त्र आदिको उपभोग गर्ने दिन छ । काममा आफैँ जुट्नुहोस्, महत्त्वाकांक्षा पूरा होला ।
वृष
आजको दिन निकै रमाइलो एवं स्मरणीय रहनेछ । प्रियजनबाट आनन्द मिल्ला । यात्रा पनि संभावित छ ।
वृश्चिक
आफ्नै मूख्र्याइँले जरिवाना तिर्नुपर्ला, सचेत हुनुहोस् । आकस्मिक खर्च बढ्ला । बाहिरी कामहरू भने बन्नेछन् ।
मिथुन
आलस्य त्याग्नुहोस्, तपाईंको सक्रियताले मात्र काम बन्नेछन् । फसेको लगानी उठाउने समय छ ।
धनु
आफ्नै मूख्र्याइँले जरिवाना तिर्नुपर्ला, सचेत हुनुहोस् । आकस्मिक खर्च बढ्ला । बाहिरी कामहरू भने बन्नेछन् ।
कर्कट
आशा गरेअनुरूप परिणाम मिल्ला । बौद्धिक पक्षमा उन्नति होला । सन्तान वा अनुयायीको सहयोग लाभकारी हुनेछ ।
मकर
दिन लाभप्रद रहला । महिनाभरको लाभांश प्राप्त हुने समय छ । क्रियाशील हुनुहोस्, आम्दानीका स्रोत बढ्नेछन् ।
सिंह
सहयोगीहरूले साथ दिने समय छ । प्रयास गरे ठूलै काम बन्ला । पराक्रम बढ्नेछ । नयाँ आभूषण, वस्त्र हातलाग्लान् ।
कुम्भ
लोकप्रियता कमाउने सुनौलो मौका छ । कर्महरू सिद्ध होलान् । तपाईंको विचारलाई सबैले कदर गर्नेछन् ।
कन्या
आजको मुख्य काम बोलीको भरमा बन्ला । अरुको मन जित्ने प्रयास गर्नुहोस्, नाम र दाम हातपार्ने मौका छ ।
मीन
धार्मिक विश्वास बढ्नेछ । स्वतन्त्र तथा परिणाममुखी कामको थालनी होला । कर्मयोगमा जुट्नुहोस्, भाग्य चम्कनेछ ।
आजको
राशिफल फरवरी १०
मेष
अस्वस्थता महसुस होला । मनमा डर वा पीर लागिरहनेछ । साथीभाइमा मनमोटाव बढ्ला, सचेत रहनुहोस् ।
तुला
तपाईंका समर्थकहरू अवश्य पनि बढ्नेछन् । कर्तव्यपरायण हुनुहोस्, नाम, दाम र इनाम हातपार्ने मौका छ ।
वृष
प्रियजनको सहयोगले ठूलो मद्दत पुग्नेछ । हिम्मतले काम लिनुहोस्, व्यावसायिक पक्षमा उन्नति हुने दिन छ ।
वृश्चिक
सजिलै अरुको समर्थन पाइएला । मनपर्ने वस्त्र लाभ होला । काममा जुट्नुहोस्, थोरै श्रमले धेरै फाइदा हुनेछ ।
मिथुन
शत्रुहरूलाई किनारा लाउने समय छ, सतर्कतापूर्वक जुट्नुहोस्, फसेको लगानीसमेत उठ्ने समय छ ।
धनु
अनावश्यक खर्च बढ्ला । जरिवाना संभावित छ, काममा होश पुर्याउनुहोस् । विदेशी मित्रबाट सहयोग मिल्नेछ ।
कर्कट
नयाँ आशाहरू पलाउनेछन् । तपाईंको संकल्प दृढ बन्दै जानेछ । बौद्धिक पक्षमा अवश्यै उन्नति हुनेछ ।
मकर
आकस्मिक लाभ संभावित छ । आयस्रोत बढाउने उपायबारे सोच्ने बेला छ, विगतको लगानीबाट फाइदा होला ।
सिंह
अरुको भर पर्ने समय छैन । तपाईंको अदूरदर्शी सोचाइले काम रोकिएला । आमाको सल्लाह मननीय हुनेछ ।
कुम्भ
आँटेको काम बन्ला । लगनशील हुनुहोस्, भाग्यको ढोका खुल्ने समय छ । नाम, दाम वा इनाम हातलाग्ला ।
कन्या
ख्यालख्यालमा गरेको काम बन्नेछ । थप काम गर्न उत्साह बढ्नेछ । परिवारसुख र आरोग्य प्राप्ति हुनेछ ।
मीन
धार्मिक कृत्यहरूमा मन जाला । ईष्र्या गर्नेहरूलाई काम गरेर देखाउने समय आएको छ, हिम्मत कस्नुहोस् ।
मासिक राशिफल फरवरी, २००७
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो,
अ
महिना निकै उत्साहप्रद रहनेछ । धेरै कार्यहरू सम्पन्न हुनेछन् । नयाँ-नयाँ कामहरू गर्ने मौका मिल्ला । व्यक्तित्व विकासका लागि यो महिना निकै नै फलदायी रहनेछ । विद्यामा उल्लेख्य प्रगति हुनेछ । विपरीतलिङ्गीहरूप्रति आकर्षण बढ्नेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् । आरोग्य प्राप्ति हुनेछ । शत्रुहरु विस्थापित होलान् । व्यापारमा विस्तार र नोकरीमा पदोन्नति हुनेछ । वाहन तथा सौन्दर्य प्रशाधनका सामग्रीहरू लाभ हुनेछन् । क्रियाशील हुनुहोस्, पद, प्रतिष्ठा र स्थान प्राप्ति हुनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो सुरुमा केही अवरोधहरुको सामना गर्नुपर्नेछ । चोटपटक लाग्ने, अस्वस्थता, सञ्चित रकम खर्च हुने, प्रेममा उतारचढाव, कर्मयोगमा बाधा, आम्दानीमा कमी जस्ता समस्या आउलान् । तर, दोस्रो सातापछि स्थिति सुध्रनेछ । परिवारजनको सहयोगले रोकिएका कामहरु बन्नेछन् । व्यापार बढ्नाले आर्थिक स्थिति सबल बन्ला । प्रेममा विश्वास बढ्नेछ । पठनपाठन परिणाममुखी बन्नेछ । सकारात्मक सोचाइका साथ तपाईं हिम्मत गर्नुहोस्, समयले अवश्य नै उन्नति दिलाउनेछ ।
मिथुन
का, कि, कु घ, ङ, छ, के, को, हा
धेरै कार्यहरु सिद्ध गर्ने समय छ । प्रेमसम्बन्ध अत्यन्त लाभकारी होला । घर-परिवारमा प्रशन्नता छाउला । आय-आर्जन यथेष्ट हुनेछ । स्वास्थ्यमा भने अलि विचार पुर्याउनुपर्ला । उत्तरार्द्धमा चोटपटकको संभावना छ, सवारी तथा हतियारको प्रयोग सावधानीपूर्वक गर्नुहोला । अपमान र झगडाबाट मुक्त रहन प्रयत्नरत रहनुहोस् । पछिल्ला दिनमा विचार दुषित बन्ने, काम रोकिने र आर्थिक अभाव बढ्ने संभावना छ । धैर्यपूर्वक विपरीतलिङ्गीको सहयोग लिनुहोस्, निकास पाउनुहुनेछ ।
।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे,
डो
महिना उन्नतिप्रद रहला । तपाईंको हिम्मतले ठूला कामहरु सिद्ध हुनेछन् । प्रतिष्पर्धी तथा शत्रुहरू विस्थापित होलान् । पढाइ र व्यापार-व्यवसायमा द्रुततर अभिवृद्धि हुनेछ । जीवनसाथी वा प्रेमीको सहयोगले तपाईंमा थप हौसला र सफलता मिल्नेछ । तर, विवेकशील हुनुहोस्, अन्यथा तपाईंको अभिमानले प्रियजनको आत्मसम्मानमा चोट पुग्न सक्छ । घर-परिवारमा मांगलिक कृत्यहरू सम्पन्न हुनेछन् । लाभप्रद यात्रा, उन्नति र खुसीयालीमा महिना टुंगिनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु,
टे
सुरुमा गलत विचार बढ्ला । अस्वाभाविक प्रेमसम्बन्ध र गलत निर्णयले आलोचनाको सिकार भइएला । तापनि, तपाईंको कर्मयोगले पद-प्रतिष्ठा प्राप्त हुनेछ । शत्रुको निशानाबाट बचाउ हुनेछ । बीचमा व्यापारमा केही मन्दी आए तापनि उत्तरार्द्ध विशेष लाभप्रद देखिन्छ । पठनपाठनमा प्रगति होला । यात्रा लाभकारी बन्नेछ । नयाँ कामको थालनी होला । जीवनसाथीको सहयोग र तपाईंको पराक्रमले ठूलै काम बन्नेछ । कर्तव्यपरायण हुनुहोस्, समयले साथ दिनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सुरुको समय प्रतिकूल रहेकाले स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ला । काममा शत्रुबाधा, मानहानि, अपयश, परिवारजनमा मनमुटाव, बन्धुजनबाट पीडालगायतका समस्या समेत आउलान् । तर, मान्यजनको परामर्श र सहयोग लिएमा उत्तरार्द्धको समय अनुकूल बन्नेछ । स्वास्थ्यमा सुधार आउला र उन्नतिका बाटाहरू पनि खुल्लान् । व्यापार-व्यवसाय र पठनपाठनमा प्रगति हातलाग्नेछ । प्रेमका नाममा धोका पाइएला, शत्रु र विपरीतलिङ्गीबाट टाढै रहनुहोला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु,
ते
रचनात्मक कार्यमा मन जानेछ । इच्छाशक्ति बढेर जाला । सन्तान तथा सेवकको सहयोगले नयाँ कामको थालनी हुनेछ । गुरुकृपा एवं साहसपूर्ण कार्यबाट प्रशस्त धनलाभ हुनेछ । कुटुम्बहरू नजिकिनेछन् । प्रेममा भने वियोग हुनेछ । परिवारजनमा समेत विमति होला । उत्तरार्द्धमा शत्रुबाट पीडित बन्नुपर्नेछ । स्वास्थ्य बिग्रनाले काम रोकिएला । आफन्तसँगको व्यवहारमा संयम रहनुहोस्, सानो अभिमानले ठूलो जोखिम निम्त्याउन सक्छ, मानहानि समेत संभावित छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि,
यु
यस महिनामा उचित स्थान प्राप्त हुनेछ । मित्र तथा आफन्तको सहयोगबाट मनग्य आयआर्जनका अवसर आउनेछन् । सरकारी पक्षबाट भने केही झमेला आउन सक्छन् । अरुको विश्वास जित्न पुरानो गल्ती महसुस गर्नुपर्ला । व्यवसाय र पठनपाठनमा निकै नै उन्नति हुनेछ । नयाँ काममा जिज्ञासा बढ्नेछ । गुरुजनको सहयोगले काममा सोचेको सफलता मिल्ला । आत्मबल समेत बढ्नेछ । मित्रता र प्रेमको गाँठो कसिएला । उत्तरार्द्धमा भने प्रेमीहरुको वियोग हुने देखिन्छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा,
भे
महिनाको पूर्वार्द्धमा अभावको महसुस हुनेछ । उच्च रक्तचाप, नेत्रपीडा, चोटपटक, शत्रुबाधा, असफलता, क्रोध, चोरी, ठगीजस्ता समस्या आउनाले मन खिन्न रहला । नोकरी तथा व्यवसायमा स्थानान्तरणको संभावना छ । सानो गल्तीले गर्दा साथीभाइ तथा आफन्तबीच लज्जित बन्नुपर्ला । तापनि, निराश नहुनुहोस्, व्यवसायमा आम्दानीको कमी हुनेछैन । मित्र, प्रेमी वा विपरीतलिङ्गीहरुबाट धनागमन र शत्रुदमनका लागि यथेष्ट सहयोग मिल्ला । मासान्त लाभप्रद रहनेछ ।
गलत सोचाइ बढ्नाले तपाईंको कर्मगति विकृत बन्न सक्छ । निकै होशियारीपूर्वक निर्णय लिनुपर्ने बेला छ । विश्वासपात्रबाट धोका, प्रेममा अविश्वास, विद्रोह, क्रोध, पारिवारिक कलह, आर्थिक हानिजस्ता समस्याहरू आउलान् । मानहानिको समेत संभावना छ, बोलीचालीमा होश पुर्याउनुहोस् । आफन्तको भर नपर्नुहोस् । व्यापार-व्यवसायको मन्दी हटाउन र संकटबाट मुक्तिको लागि विपरीतलिङ्गीहरूको सहयोग प्रभावकारी रहला । नोकरी र घरपरिवारबाट सन्तोष मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो,
दा यस महिनामा तपाईंका सेवामूलक कार्यहरू सफल बन्लान् । सिर्जनात्मक काममा आन्तरिक ऊर्जा थपिनेछ । हिम्मतका साथ गरिएका कार्यहरूबाट आयआर्जन हुनेछ । व्यापार-व्यवसायमा भने सोचेअनुकूल प्रगति नहोला । आर्थिक पक्ष कमजोर नै रहला । विपरीतलिङ्गीहरूप्रति आकर्षण बढ्ला । प्रेमसम्बन्ध सुमधुर बन्ला, लाभप्रद रहला तर महिनाको उत्तरार्द्धमा विवाद बढ्ने देखिन्छ । पठनपाठनमा पनि अवरोध आउला । शत्रुहरुबाट अपमान सहनुपर्ला । स्वास्थ्यस्थितिसमेत बिग्रने देखिन्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
यस महिनामा पद, प्रतिष्ठा र स्थान लाभ हुनेछ । प्रतिष्पर्धामा विजयी भइएला । विविध उपभोग्य सामानहरू लाभ होलान् । शक्ति प्राप्त हुनेछ । महत्त्वपूर्ण यात्राहरू संभावित छन् । प्रतिनिधिमूलक भूमिका निर्वाह गर्ने मौका आउला । शत्रुहरु विस्थापित हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ कामको थालनी होला । घर-परिवारमा सुखसमृद्धि थपिएला । प्रेमको बन्धन कसिनेछ । तर, महिनाको उत्तरार्द्ध त्यति अनुकूल छैन । विरोधीहरूले छिद्र खोतल्नेछन् । स्वास्थ्य समेत बिग्रनेछ ।
Please
send us your feedback regarding Horoscope section. We
will try to upgrade this section as per your suggestions
: YouthNepal team.
ैनिक राशिफल चन्द्रमाको गतिको आधारमा तयार पारिएको
हो । चन्द्रमालाई एउटा राशि पार गर्न लगभग सवा दुई दिनको समय लाग्दछ
। वैदिक दर्शनमा चन्द्रमा मनको संवाहक मानिएको छ । यसर्थ राशिफलले
व्यक्तिको सम्पूर्ण दैनिकीमा नभई उसको मानसिकतामा मात्र प्रभाव पार्दछ
। संसारभर चन्द्रमाको राशि परिवर्तन एउटै समयमा हुने गर्दछ । तर, त्यो
समयमा विभिन्न मुलुकमा प्रचलित हाते घडीको समय र दिन समेत फरक पर्न
सक्तछ । यसै कारणले संसारभरको मानक समयबिन्दु मानिएको लण्डनको ग्रिनविचलाई
आधार मानेर यो राशिफल तयार पारिएको छ । यसर्थ सोही स्थानको मानक समयको
आधारमा आफ्नो मुलुकको समय परिवर्तन गरी राशिफल हेर्नुहुन समग्र पाठकवर्गमा
अनुरोध गरिन्छ ।